पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु

1596942790 v5z7i

काठमाडौँ । नेपालमा पछिल्लो २४ मा थप ६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा चार महिला र दुई पुरुष रहेका छन् ।

चितवनमा ४० वर्षीया महिला, भक्तपुरमा ४० वर्षीया महिला, तनहुँमा ९२ वर्षीया महिला, रुपन्देहीमा ७७ वर्षीया महिला र ६५ वर्षीया पुरुष र सिन्धुपाल्चोकमा ७७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ५७ पुगेको छ। नेपाल पछिल्लो समय कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय २८ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ४ सय ४५ जना काठमाडौँ उपत्यकाका छन् ।

प्रतिकृया दिनुहोस