प्रहरीकै सामु लखेटी लखेटी कसले कुट्यो ट्राफिक प्रहरी जवान घिमिरेलाई ?

Trafik kutpit

काठमाडौं । मछिन्द्रनाथको रथ यात्राका क्रममा स्थानीयको एउटा समूहले ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गरेका छन् । रथ यात्राका क्रममा प्रहरीसँग झडप भएपछि केही बेरमै ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई केही युवाहरुले लखेटी लखेटी कुटपिट गरेका थिए ।

उनको टाउको, हात खुट्टा, घाँटीमा चोट लागेको जनाएको छ । घटनाबारे अनुसन्धान सुरु भएको छ । उनी सख्त घाइते भएका र उनको ललितपुरस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ ।

त्यहीबीच कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरीका जवानलाई केही युवाले निर्घाट कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । भिडियोमा घिमिरे भाग्दै गर्दा पनि भिडमा विभिन्न व्यक्तिले कुटपिट गरेको देखिन्छ । केहीवेरपछि एक जना प्रहरीले उनको उद्दार गरेर लगेको देखिएको छ ।

महामारीका वेला पनि काममा खटिएका वेला कुटिएपछि प्रहरी अधिकारीहरुको मनोबल गिरेको भन्दै सुरक्षा अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले दोषीको खोजी भइरहेको अनलाइनखबरलाई बताए । कुटपिटमा संलग्नहरुको खोजी गरी कानुनी दायरामा ल्याउने र कारबाही गरिने ढकालले जानकारी दिए ।

महामारीमा फ्रन्टलाइनमा खटिनेलाई सरकारले अतिरिक्त भत्ता दिने घोषणा गरे पनि सुरक्षाकर्मीले अझै पाएका छैनन् । यस्तो अवस्थामा पनि महामारीविरुद्धको प्रतिकार्यमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमाथि पटकपटक दुर्व्यहार हुने गरेको छ ।

करिब एक बजेतिर रातो मछिन्द्रनाथको रथ यात्रामा सहभागी स्थानीय र प्रहरीबीच झडप भएको थियो । रथ यात्रा सुरु गरेका स्थानीय र रोक्न गएका प्रहरीबीच तनावको स्थिति देखिएपछि प्रहरीले पानीको फोहरा हानेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...