भारतमा एकैदिन ८२ हजारभन्दा बढीमा कोरोना संक्रण

Corona india1 e1593331074882

नयाँ दिल्ली । कोरोना भाइरसले आक्रान्त पारेको छिमेकी मुलुक भारतमा कोरोना संक्रमित दिन प्रतिदिन बढ्दै गैरहेका छन् । भारतमा पछिल्लो २४ घण्टामा ८२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार बिहानासम्म ८२ हजार ८६० जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३८ लाख ४८ हजार ९६८ पुगेको छ ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो । संक्रमितमध्ये अहिलेसम्म २९ लाख ६७ हजार ३३९ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख १४ हजार ६८ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ६७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १०२६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ६७ हजार ४८६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...