भारतमा कोरोना सङ्क्रमित एक पत्रकारको मृत्यु

5f4fac5022200 pune journalist death

तेलङ्गना । भारतको पुणेमा एकजना कोरोना सङ्क्रमित पत्रकारको ज्यान गएको बताइएको छ । उनलाई कोरोना उपचार केन्द्रमा राखिएको थियो । तर उनका परिवारले भने कारोनाको उपचार गराइरहेका पत्रकारको चिकित्सकले राम्रो हेरचाह नगरेका कारण ज्यान गएको बताएका छन् ।

पत्रकार पान्दुरन र्याकरको कोभिड– १९ भए पनि राम्रो उपचार तथा हेरचाह हुन नसक्दा ज्यान गएको परिवारका सदस्यले जनाएका छन् । कोभिडको उपचार केन्द्रमा राखिएका उनलाई सो केन्द्रमा राम्रो स्वास्थ्य उपचार सहुलियत नरहेको र उनको अवस्था निकै गम्भीर भएपछि एम्बुलेन्स बोलाउन भनेको भए पनि उपलब्ध हुन नसकेको बताएका छन् ।

सो उपचार केन्द्रमा सामान्य हेरचाह मात्र गर्ने गरिएको र त्यसलाई एक क्वारेन्टिनका रुपमा मात्र राखिएको ती पत्रकारका परिवारका सदस्यहरुले बताएका छन् । पत्रकार र्याकरलाई निकै अप्ठेरो भएपछि एम्बुलेन्स मगाइएको तर समयमा उपलब्ध हुन नसकेको परिवारका सदस्यले बताएका छन् ।

उनलाई अक्सिजनको आवश्यकता परेको तर अस्पतालको बेड उपलब्ध हुन नसक्दा अक्सिजन प्राप्त पनि नभएको परिवारका सदस्यले जनाएका छन् । उनीहरुले सो केन्द्रमा स्वास्थ्य हेरचाहको अवस्था राम्रो नभएकाले यसअघि पनि केही दिनमात्र अघि एकजनाको ज्यान गएको भन्दै थप स्वास्थ्य सुविधाका लागि आग्रह गरेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...