संसारका सबैभन्दा महंगा खेलाडी नेइमारलाई कोरोना संक्रमण

Neymar cry

काठमाडौं । २८ वर्षीय ब्राजिलियन फुटबलर स्टार नेइमारलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

नेइमारको क्लब पेरिस सेन्ट जर्मेनले बुधवार क्लबका तीन खेलाडीहरुको रिपोर्ट पोजिटिभ आएको जनाएको हो । तर, नेइमारको नाम भने खुलासा गरेको छैन । यद्दपि स्थानीय मिडियाले भने नेइमार संक्रमित भएको बताएका छन् ।

नेइमारसँग उनका अर्जेन्टिनी साथीहरू पनि संक्रमित भएको जनाइएको छ । नेइमार पछिल्लो पटक युइएफए च्याम्पियन्स लीगमा खेल्दै गरेका पाइएको थियो । उनी संसारका सबैभन्दा महंगा खेलाडी पनि हुन् ।

संसारमा कोरोना भाइरसको संक्रमितको संख्या २ करोड ५८ लाख ८९ हजार ८२४ पुगेको छ । यसमा १ करोड ८१ लख ७२ हजार ६७१ बिरामी निको भएर घर गएका छन् । त्यसैगरी ८ लाख ६० हजार २७० जनाको मृत्यु भएको छ । अहिले पनि ६८ लाख ५६ हजार ८८३ बिरामी यो भाइरसको संक्रमणमा छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...