काठमाडौं उपत्यका प्रवेश गर्न पीसीआर रिपोर्ट अनिवार्य

Thankot 768x536

काठमाडौं । सरकारले काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गरेको छ । अत्यावश्यक कार्यको लागि उपत्यका भित्रिने व्यक्तिहरुको पीसीआर रिपोर्ट अनिवार्य नेगेटिभ हुनुपर्नेछ । स्वाब परीक्षण गराउने व्यक्तिहरु रिपोर्ट नआउन्जेलसम्म अनिवार्यरुपमा होम क्वारेन्टिनमा बस्नु पर्ने निर्णय गरेको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । भदौ २४ गतेसम्म निषेधाज्ञा कायमै राख्ने निर्णय गर्दै त्यस अवधिमा अत्यावश्यक वस्तु वा सेवामध्ये औषधि, पानी मात्र बिक्री वितरण गर्ने र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल जुनसुकै बेला सञ्चालन गर्न सकिने भएको छ भने खाद्य वस्तु, दूध, फलफूल, तरकारी, माछामासु बिक्री वितरण गर्ने पसल बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

प्रतिकृया दिनुहोस