ऐतिहासिक उग्रचण्डी मन्दिरको मूर्ति चोरी

Murthi

काभ्रे । उग्रचण्डी मन्दिरको मुर्ति चोरी भएको छ । काभ्रेको बनेपा नगरपालिका–४ नाला स्थित ऐतिहासिक उग्रचण्डी भगवती मन्दिर परिसरमा रहेको सूर्यनारायणको मूर्ति चोरी भएको छ ।

गएराति मूर्ति चोरी भएको मन्दिरका पुजारी सिद्धिबहादुर कर्माचार्यले बताउनुभयो । तीन धारामाथी रहेको चोरी भएको कलात्मक मूर्ति एक सय वर्ष भन्दा पुरानो रहेको स्थानीयको भनाइ छ । मूर्ति चोर्नेहरुको खोजी जारी रहेको वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठले बताउनुभयो ।

प्रतिकृया दिनुहोस