पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु

Death corona covid 19 1024x683

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ६ महिला र ६ जना पुरुषले कोरोनाबाट ज्यान गुमाएको जानकारी दिए।

प्रवक्ता डा। गौतमका अनुसार चितवनका ५५ र १८ वर्षीया महिला तथा ६५ वर्षीय पुरुष गरी तीन जना,  काठमाडौँका ७० र ७५ वर्षीय पुरुष तथा ८९ वर्षीया महिला, ललितपुरकी ७० वर्षीया महिला, तनहुँकी २० वर्षीय महिला, कपिलवस्तुकी ६० वर्षीया महिला,  बाराका ६५ वर्षीय पुरुष, भक्तपुरका ४० वर्षीय पुरुष र धादिङका ४७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो।

यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ५१ पुगेको छ। देशभर बुधबार मात्रै १ हजार १ सय २० जना कोरोना  संक्रमित थपिएका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...