काठमाडौं उपत्यकामा फेरि एकसाता थपियो निषेधाज्ञा, थप कडाई गरिने

Lockdown ktm sadak

काठमाडौं । पछिल्लो समयमा झन कोरोना संक्रमितको संख्या बढेको बढ्यै गरेपछि काठमाडौं उपत्यकाका एक सात निषेधाज्ञा थपिएको छ । काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि लागु गरिएको निषेधाज्ञा भोली राती १२ बजेबाट सकिँदैछ ।

तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकले उपत्यकामा एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेको अवस्था रहेकोले एक साता निषेधाज्ञा जरुरी रहेकोले थपिएको जनाईएको छ ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा रहेका नगरपालिकाका मेयरहरुको सञ्जाल उपत्यका नगरपालिका मेयर फोरमले कर्फ्यु आदेश जारी गरी निषेधाज्ञालाई थप कडाई गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदमा यसअघि पनि रोक लगाइएको थिएन । यद्यपि, बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने भनिएको थियो ।

नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउजाउ गर्न सक्ने भनिएको थियो । होटल, रेष्टुरेन्ट, फुटपाथ पसल अझै बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा रहेका नगरपालिकाका मेयरहरुको सञ्जाल उपत्यका नगरपालिका मेयर फोरमले कर्फ्यु आदेश जारी गरी निषेधाज्ञालाई थप कडाई गर्नुपर्ने जनाएको थियो ।

मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कर्फ्यु आदेश जारी गर्न सुझाव दिएको बताए । फोरमका सचिव श्रेष्ठले केही दिन अत्यावश्यक सामग्री किनमेलका लागि सहज बनाई थप १५ दिन कर्फ्यु आदेश जारी गरे मात्रै कोभिड १९ संक्रमणलाई नियन्त्रणमा लिन सकिने बताए ।

अहिले १५ दिनसम्म भएको निषेधाज्ञाको अवस्थामा संक्रमण फैलिन नपाएको र अझै पनि मानिसहरु बाहिर निस्कने काम भइराखेकाले यसलाई रोकेर संक्रमणलाई पूर्णरुपमा नियन्त्रणमा लिन कर्फ्यु नै उत्तम विकल्प भएको बताए ।

मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कर्फ्यु आदेश जारी गर्न सुझाव दिएको बताए । फोरमका सचिव श्रेष्ठले केही दिन अत्यावश्यक सामग्री किनमेलका लागि सहज बनाई थप १५ दिन कर्फ्यु आदेश जारी गरे मात्रै कोभिड १९ संक्रमणलाई नियन्त्रणमा लिन सकिने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...