समृद्ध नेपाल निर्माणका लागि काम गर्नेछु : नवनियुक्त मन्त्री भट्ट

75588265 2528218260802212 8748116502344892416 n

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति आपूर्ति मन्त्री लेखराज भट्टले समृद्ध नेपालका लागि आफुले काम गर्ने प्रतिबद्धता जनाएका छन् । पदभार ग्रहणपछि आयोजित कार्यक्रममा मन्त्री भट्टले परिवर्तनलाई आत्मसाथ गरिने बताए ।

उनले नेपालको आर्थिक बिकासका लागि आफुले महत्वका साथ काम गर्ने भन्दै ज्ञान तल्लो तहका कर्मचारीसँग र जनतासामु मिलेर काम गर्ने उनले बताए । उद्योगीको समस्या समाधान गर्ने र निरासालाई कम गर्ने प्रतिबद्धता पनि जनाए ।

‘त्यो कमान्डरले त्यति बेला जित्छ, जुन बेला उसका लडाकुले युद्धमा युद्धस्तरमा काम गर्छन्’ उनले भने, ‘प्रधानमन्त्रीको योजना अनुरुप हामीले काम गर्नु पर्छ । त्यसका लागि कर्मचारीले आफुलाई बदल्नुपर्छ ।’

कर्मचारीलाई निर्देशन दिदै उनले बढ्दो महँगी नियन्त्रणमा ध्यान दिन र जनताको काममा ढिलासुस्ती नगर्न आग्रह गरे । आफुले पहिले बोलेको र काम गर्न बाकी रहेका दीर्घकालीन कामलाई निरन्तरता दिने र त्यसका लागि विभिन्न निकायसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकै परिवारका ५ जनाको मृत्यु भएपछि आज सार्वजनिक विदा

Sarbajanik bida

काठमाडौं । त्रियुगा नगरपालिका वडा नम्बर १० वडा कार्यालयले एकै परिवारका ६ जनाको निधन भए पछि वडा का...