काठमाडौँ उपत्यकामा थप १५ दिन कर्फ्यू गर्न माग

Ktm27

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप कडा गर्न मेयर फोरमले माग गरेको छ । मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कर्फ्यू जारी गर्न सुझाव दिएको हो ।

केही दिन अत्यावस्यक सामग्री किनमेलका लागि सहज बनाई थप १५ दिन कर्फ्यू आदेश जारी गरेमात्रै कोभिड १९ संक्रमणलाई नियन्त्रणमा लिन सकिने सचिव श्रेष्ठ बताए । अहिले १५ दिनसम्म भएको निषेधाज्ञाको अवस्थामा संक्रमण फैलिन नपाएको र अझैपनि मानिसहरु बाहिर निस्कने काम भइराखेकाले यसलाई रोकेर संक्रमणलाई पूर्ण रुपमा नियन्त्रणमा लिन कर्फ्यू नै उत्तम विकल्प भएको उनको भनाइ छ।

कोभिड १९ संक्रमण समुदाय स्तरमा फैलिइसकेको अवस्थामा मानिसहरुको आवागमनलाई पूर्ण रुपमा निषेध नगरीकन नियन्त्रणमा लिन कठिन हुने पनि उनले बताए। कडा खालको निषेधाज्ञाबाट विपन्न वर्गहरुमा समस्या पर्नेतर्फ उपत्यका नगरपालिका मेयर फोरम सचेत रहेको पनि उनको तर्क छ।

उपत्यकामा भदौ तीन गते मध्यरात देखि निषेधाज्ञा जारी भएको थियो जसको समयावधि आज मध्यरातदेखि सकिँदै छ। उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञालाई यथावत राख्ने वा स्वरुप परिवर्तन गर्ने भन्ने सम्बन्धमा बुधबार केही बेरमा निर्णय गर्दैछ।
 
 
 
 

प्रतिकृया दिनुहोस