कोरोना संक्रमणबाट वीर अस्पतालमा १७ वर्षीय युवकको मृत्यु

Bir hospital

काठमाडौँ । कोरोना संक्रमणका कारण वीर अस्पतालमा १७ वर्षीय युवकको मृत्यु भएको छ । बुधबार बिहान उनको निधन भएको अस्पतालका कोभिड संयोजक डा.अच्युतले कार्की बताए ।

सर्लाही निवासी उनी भदौ १० गते वीरमा भर्ना भएका थिए । ‘झुण्डिएर आत्महत्या प्रयास गरेका रहेछन् । उपचारका लागि यहाँ ल्याइएको थियो,’ उनले भने, ‘ट्राभल हिस्ट्री भएका कारण हामीले कोरोना परीक्षण गरेका थियौं । हिजो मात्रै पोजिटिभ रिर्पोट आएको थियो । उनलाई कुनै दीर्घरोग थिएन ।’

मृतकको शव व्यवस्थापनका लागि सीसीएमसीमा खबर गरिसकिएको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...