ओलम्पियन केसीलाई कोरोना संक्रमण

Jeet bahadur kc 1024x746

काठमाडौं । नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जितबहादुर केसीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । दिसामा रगत देखिएपछि उपचारका लागि अस्पताल पु¥याउँदा पीसीआर परीक्षण गर्न भनेपछि संक्रमण पुष्टि भएको हो ।

केसीका छोरा योगेन्द्रले बुबालाई सोमबार अलि सन्चो नभएको र दिसामा रगत देखिएपछि बयोदा अस्पताल लगिएको र पीसीआर परीक्षणपछि मात्र भर्ना गर्न मिल्ने बताएपछि स्टार अस्पतालमा लगेर परीक्षण गराएको र मंगलबार पोजेटिभ देखिएको बताए ।

बुबामा कोरोनाको कुनै केही लक्षण नदेखिएको र घरमै आइसोसेलनमा रहेको बताए । ७२ वर्षीय केसीले नेपालका लागि सन् १९७३ मा फिलिपिन्समा भएको एसियन एथलेटिक्स च्याम्पियनसिपमा कांस्यपदक जितेका थिए । त्यो नै नेपालको पहिलो अन्तर्राष्ट्रिय पदक हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...