घरमाथिबाट खसेको ढुंगाले लागेर आमाको मृत्यु, छोरी घाइते

Mritu

पाल्पा । घरमाथिबाट खसेको ढुंगा लागेर तिनाउ गाउँपालिका–३, श्रीडाँडामा मंगलबार राति एक जनाको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छन् । श्रीडाँडामा घरमै बसेकी २९ वर्षीया समीक्षा सोमै चौहानको ढुंगा लागेर मृत्यु भएको हो । उनकी तीन वर्षीया छोरी करिष्मा गम्भीर घाइते भएको सोही वडाका वडाध्यक्ष प्रेमप्रसाद पाण्डेयले जानकारी दिए । आमा समीक्षाको टाउकोलगायतका भागमा गम्भीर चोट थियो ।

मंगलबार बेलुकी श्रीडाँडाका गोविन्द सोमैको घरमा मोबाइल चार्ज गरेर बसेका उनीहरुको अचानक घरमाथिबाट खसेको ढुंगा लागेर गम्भीर घाइते भएका थिए । उनीहरुलाई तत्कालै रुपन्देहीको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचारका लागि लगिएकामा उपचारका क्रममा आमा समीक्षाको राति नै मृत्यु भएको वडाध्यक्ष पाण्डेयले बताए ।

गम्भीर घाइते भएकी छोरी करिष्माको उपचार भइरहेको छ । श्रीडाँडाको माथिल्लो भागमा सिद्धार्थ मिनिरल्स प्रालिको चुनढुंगा खानी रहेको छ । खानीबाट जथाभावी ढुंगा, माटो र डेब्रिज फाल्ने गरेकाले वर्षाको समयमा ढुंगा खस्ने गरेको स्थानीयले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...