लेखराज भट्ट उद्योगमन्त्री बन्ने लगभग पक्का

959698982 lekhraj bhatta

काठमाडौं । पुनगर्ठित मन्त्री मण्डलमा पूर्व माओवादीका तर्फबाट लेखराज भट्ट पर्ने सम्भावना बढेको छ । निर्वाचन क्षेत्रमै रहेका भट्ट मन्त्री बन्ने सुइँको पाएपछि काठमाडौं आइपुगेका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालबाट पुनर्गठित मन्त्रीमण्डलमा उद्योगमन्त्रीको जिम्मेवारी पर्ने संकेत मिलेको भट्टनिकट सुदूरपश्चिमका एक नेताले बताए । उनले भने, ‘सम्भावना देखियो भन्दै उहाँ काठमाडौं लाग्नुभएको छ।’

उनलाई पूर्व माओवादी नेता मातृकाप्रसाद यादवको ठाउँमा मन्त्री बनाइने बुझिएको छ । हालका उद्योगमन्त्री यादव बहिर्गमनको सूचीमा परेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय