आज देशभरको मौसममा सामान्य बदली, धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना

1567041633.mausam

काठमाडौं । गण्डकी र प्रदेश ५ का धेरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जनचट्याङसहित अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यतया बदली रही धेरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी , प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका थौरै स्थानहरूमा र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षाको अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टामा गण्डकी, प्रदेश ५ का थोरै स्थानहरूमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...