चट्याङ लागेर एकको मृत्यु, पाँच जना घाइते

Chatyanag kalikatimes 960x640 1

ताप्लेजुङ । ताप्लेजुङमा मंगलबार साँझ चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । फुङलिङ नगरपालिका १० फुरूम्बुकी दुर्गा भट्टराईको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। चट्याङले गम्भीर भएकी भट्टराईलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । ताप्लेजुङकै सिरिजंघा गाउँपालिकामा मंगलबारै चट्याङ लागेर पाँचजना घाइते भएका छन् ।

सिरिजंघा ४ तेल्लोकमा दुईजना र वडा नम्बर ५ पेदाङमा तीनजना घाइते भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। तेल्लोकका ३५ वर्षीय कुमार थेबे, १७ वर्षीय उमेश थेबे, पेदाङका ५० वर्षीय अर्थमान मावो, उनकी पत्नी ४९ वर्षीया नरमाया मावो र ६ वर्षीय छोरा अतिप मावो चट्याङ लागेर घाइते भएका हुन् । घाइते सबैको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस