तयार भयो राष्ट्रिय जनगणनामा सोधिने प्रश्नावली (नमुनासहित)

Tathyabk bivag

काठमाडौं । केन्द्रिय तथ्यांक विभागले आगामाी वर्ष गरिने राष्ट्रिय जनगणनाको तयारी अन्तिम चरणमा पुगेको संकेत दिएको छ । आगामी वर्ष राष्ट्रिय जनगणना २०७८ का लागि सर्वसाधारणले भर्नुपर्ने प्रश्नावलीलाई सरकारले स्वीकृत गरेसँगै राष्ट्रिय जनगणनाको अीतम चरणमा पुगेको संकेत गरेको हो ।

हरेक १० वर्षमा हुने राष्ट्रिय जनगणनाका लागि नागरिकले घर तथा घरपरिवार सूचीकरणअन्तर्गत परिचयात्मक विवरण भर्नुपर्नेछ । यसमा घर रहेको स्थान, ठेगाना रहनेछ । घरको विवरणमा भने तला, घर बनेको वर्ष, घर प्रयोग भएको प्रयोजन र घरमा बस्ने परिवारको संख्या गणना गरिने भएको छ ।

यससँगै अब जनगणनाका लागि प्रश्नावलीको टुंगो लागेको छ । योपटक विदेश गएका परिवारका सदस्यको विवरण, महिलाका नाममा जग्गा भए त्यसको विवरण समेत जनगणनाले समेट्ने भएको छ ।

जनगणनामा आर्थिक विवरणतर्फ आम्दानीको स्रोत, आर्थिक गतिविधिमा संलग्न सदस्य सदस्य संख्या, काम नगर्ने भए त्यसको कारण समेत उल्लेख गर्नुपर्ने भएको छ । मुख्य प्रश्नावलीमा भने परिचयात्मक विवरणमा व्यक्तिगत जीवनमा प्रयोग भएका वस्तुहरुको समेत विवरण भर्नुपर्छ ।

परिवारमा रहेका संख्या, घरमा पालेका गाइवस्तु तथा जनवारको समेत विवरण भरिने भएको छ । कृषि प्रयोजनमा प्रयोग भएको जग्गा, व्यक्तिका नाममा रहेको बैंक खाता, शैक्षिक विवरण तथा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको भए त्यसको समेत विवरण जनगणनाका लागि भर्नुपर्नेछ ।

जसमा घरभित्र रहेका रेडियो, टेलिभिजन र शौचालयसम्मका विवरण भर्ने गरी प्रश्नावली तय गरिएको राष्ट्रिय योजना आयोगले जनाएको छ ।

 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...