कोरोना संक्रमण : काठमाडौंमा घट्यो, ललितपुर र भक्तपुरमा बढ्यो

Kathmandu vally

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्र संक्रमितको संख्या घटेको छ । सोमबार २ सय ९८ जना कोरोना संक्रमित थपिँदा काठमाडौंमा संक्रमितको संख्या घटेको छ भने ललितपुर र भक्तपुरमा भने बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा सबैभन्दा धेरै १ सय ९० जना संक्रमित थपिएका छन् ।

काठमाडौंमा संक्रमितको संख्या तुलनात्मकरुपमा केही घट्दा ललितपुर र भक्तपुरमा भने ह्वात्तै बढेका छन् । गौतमका अनुसार काठमाडौंमा १९० संक्रमित भेटिँदा ललितपुरमा ६७ जना संक्रमित थपिएका छन् । उता भक्तपुरमा पनि ४१ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...