कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ वर्षीय बालिकासहित थप ७ जनाको मृत्यु

नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु

Corona dead body

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएसँगै संख्या २ सय २८ पुगेको हो ।

नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको छ । महोत्तरीको मनरा सिश्वा नगरपालिका-४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टको मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि भदौ १० गते काठमाडौं लैजाने क्रममा उनको सिन्धुलीमा मृत्यु भएको थियो ।

महोत्तरी, गोरखा, रुपन्देही, भक्तपुर, झापा, रौतहट र चितवनका एक–एक जनाको मृत्यु भएको हो । रुपन्देहीको तिलोत्तमाकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । उपचारका लागि अस्पताल खोज्दा खोज्दै उनको मृत्यु भएको हो ।

होम आइसोलेसनमा बसेकी तिलोत्तमा नगरपालिका ५ की ६८ वर्षीया महिलाको आइतबार साँझ अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । सुगर र प्रेसरकी बिरामी उनलाई भदौ ११ गते संक्रमण देखिएको थियो ।

उनलाई आइतबार बिहानदेखि श्वासप्रश्वाशमा समस्या देखिएपछि नगरका स्वास्थयकर्मीले आइसीयुमा राख्नुपर्ने बताएपछि नगरपालिकाले लुम्बिनी प्रादेशिक अस्पतालमा सम्पर्क गरेको थियो । तर, अस्पतालमा बेड नभएको बताएपछि घरमै राखिएको थियो । उता भरतपुर अस्पतालमा पनि उपचारारत कोरोना संक्रमित एक वृद्धको आज मृत्यु भएको छ ।

अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा. प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना संक्रमणले मृत्यु भएको हो ।

भदौ २ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई श्वासप्रश्वासमा फेर्न समस्या भएपछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएको थियो । उनको आज बिहान ७ः२० मा मृत्यु भएको पौडेलले जानकारी दिए ।

त्यसैगरी झापा, रौतहट र भक्तपुरमा एक/एक जना पुरुषको मृत्यु भएको छ । त्यसैगरी महोत्तरीमा चार वर्षीया बालिका सहित गोरखामा एक महिलाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...