कोरोना संक्रमणमुक्त युवकले गरे एम्बुलेन्स तोडफोड

Ambulence todfod

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर घर फर्किदै गर्दा प्रहरीको एम्बुलेन्स नै तोडफोड गरेका छन् ।

सशस्त्र प्रहरी बलका अनुसार कोरोना भाइरसको संक्रमण पुष्टि भएका उनी ७ भदौमा बलम्बुस्थित सशस्त्र प्रहरीको कोभिड विशेष अस्पतालमा भर्ना भएका थिए ।

उनलाई प्रहरीले भेन्टिलेटरमा राखेर उपचारपछि निको भएका उनलाई प्रहरीले प्रदेश ३ ०१००२ झ ५२३० नम्बरको एम्बुलेन्समा घर लगेको थियो । तर, सल्लाहघारी चोकमा उनले प्रहरीमाथि नै दुर्व्यहार गरेका थिए । त्यसक्रममा उनले एम्बुलेन्सको सीसा फुटाइदिएका थिए ।

एम्बुलेन्स तोडफोड गरेपछि उनलाई प्रहरी चौकी, सल्लाघारीले भक्तपुरको कमलविनायक बस्ने २४ वर्षीय युवकलाई पक्राउ गरेको छ । एम्बुलेन्सको क्षतिपूर्ति गराउने कागज गराएपछि उनीहरुलाई छाडिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...