प्रहरीका ७२ जना डीएसपीको सरुवा, को कहाँ सरुवा भए ? (सुचीसहित)

Nepal police

काठमाडौं । नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णयअनुसार डीएसपीहरुको सरुवा गरेको हो ।

जसअनुसार केही जिल्लाका प्रहरी कार्यालयका डीएसपी पनि फेरिएका छन् भने उपत्यकाभित्र महानगरीय प्रहरी वृत्त, कालिमाटीका प्रमुख पनि फेरिएका छन् । डीएसपी अनुपम श्रेष्ठलाई दैलेखको जिम्मेवारी दिइएको छ । अपिलराज बोहरालाई महानगरीय प्रहरी बृत्त कालिमाटीको जिम्मेवारी तोकेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीमा अर्जुन केसी, गोविन्द थापा सल्यान, गौतम थापा तेर्हथुम, चक्रबहादुर शाह कालिकोट, चित्रबहादुर भट्टराई मुगु, दानबहादुर थापा पाँचथर, नरेशराज सुवेदी रोल्पा, मदनजित महरा बाजुराको इञ्चार्जमा सरुवा भएका छन् ।

माधवप्रसाद काफ्ले जुम्ला, योगेन्द्रसिंह थापा अछाम, महेन्द्र नेपाल डडेल्धुरा, राजु पाण्डे डोल्पा, राजु लामा पश्चिम नवलपरासी, राजेश थापा जगाती (भक्तपुर), रामेश्वर पौडेल दरवारमार्ग, रुपक खड्का बझाङ, सुनिल मल्ल प्युठान सरुवा भएका छन् ।

थप सूचीमा हेर्नुस् 

 

  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...