पूर्वी लद्दाखमा चिनियाँ र भारतीय सेनाबीच फेरि झडप, विस्तृत विवरण आउन बाँकी

India china jhadap

काठमाडौं । भारत र चीन बीचको सीमा क्षेत्रमा फेरि झडप भएको छ । सीमा क्षेत्रमा भारतले सडक निर्माण गरेपछि पछिल्लो विवाद बल्झिएको हो । चीनले भारतसँगको सीमा क्षेत्रमा सुरक्षा तैनाथी बढाएको छ ।

सीमा क्षेत्रमा भएको सहमति चीनले उल्लंघन गरेको भन्दै भारतीय सेनाले चिनियाँ सैनिकलाई जवाफ दिने चेतावनी दिएको छ ।

पूर्वी लद्दाखमा गए राति झडप भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यमले चिनियाँ सेनाको घुसपैठलाई भारतीय सेनाले रोकेको दावी गरेका छन् ।

सीमा क्षेत्रमा भएको सहमति चीनले उल्लंघन गरेको भन्दै भारतीय सेनाले चिनियाँ सैनिकलाई जवाफ दिने चेतावनी दिएको छ । विज्ञप्तिमा भनिएको छ, ुभारतीय सेना सम्वादमार्फत शान्ति कायम गर्ने पक्षमा छ तर आफ्नो क्षेत्रको अखण्डताको सुरक्षाका लागि पनि प्रतिवद्ध छ ।’

अगष्ट २९ र ३० गतेको राति झडप भएको थियो । झडपमा भएको क्षतिको अहिलेसम्म विवरण आउन सकेको छैन । झण्डै दुई महिनाअघि भएको झडपमा उच्च सैनिक अधिकारीसहित कम्तिमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।

भारतीय विदशेमन्त्री एस जयशंकरले भारत चीन सीमा विवाद सन् १९६२ पछि सबैभन्दा खराब अवस्थामा रहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस