कालिकोटको नाग्ममा पहिरोमा परी १० जनाको मृत्यु, २ जना अझैं बेपत्ता

Nagma kalikot pahiro

कालीकोट । पहिरोले तिलागुफा–१ नाग्मका चार घर भत्किँदा एकै परिवारका ४ सहित १० जनाको मृत्यु भएको छ । २ जना बेपत्ता छन् । घटनास्थलबाट उद्धार गरिएका २ जनालाई उपचारार्थ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

नाग्म बजारको पछाडिपट्टिको भिरालो जमिन भासिएर पहिरो जाँदा घरभित्रै रहेकाहरू पुरिएका हुन् । बजारमाथिबाट सुख्खा पहिरो खसेका कारण पुरिएर १० जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

कालिकोट र जुम्लाको सिमानामा रहेको यो बजारका चार वटा घर पहिरोमा पुरिएका छन् । पहिरोमा पुरिएर एकै घरका चारजना सहित १० जनाको ज्यान गएको हो ।

बेपत्ता रहेका २ जनाको नाम खुलिसकेको छैन । जीवितै उद्धार गरेर अस्पताल पठाइएका अर्जुन हमाल र पुन्नी शाहीको अवस्था सामान्य छ । पहिरोमा परी पति र छोराछोरीको मृत्यु भएकाले घाइते शाही बेलाबेलामा बेहोस हुने गरेकी छन् ।

शुभकालिका गाउँपालिका–७ घर भई नाग्म बजारमा व्यापार गर्दै आएका एकै परिवारका ४ जनाको मृत्यु भएको छ । ४० वर्षीय प्रयाग शाही, उनकी ७ वर्षीया छोरी हिमा तथा छोराहरू ५ वर्षका नीराजन र डेढ महिनाका अक्कलको घर भत्किएर भित्रै च्यापिँदा मृत्यु भएको हो ।

सुर्खेतको भेरीगंगा–१० की ४५ वर्षीया आइती खड्का, वीरेन्द्रनगरका २३ वर्षीय अमृत थापा, स्थानीय ३५ वर्षीय मनवीर बडुवाल, २७ वर्षीय टेक भेरिकार, २४ वर्षीय थाइला भेरिकार, १० वर्षीय गजेन्द्र भेरिकारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोजीमा सेना, सशस्त्र र नेपाल प्रहरीसँगै स्थानीय पनि लागिपरेका छन् । नाग्म बजारमा मोबाइल नेटवर्क छैन । घटनाको खबर केही ढिला गरी जिल्ला सदरमुकामसम्म पुगेको थियो । पहिरोको खबर पाएलगत्तै जुम्ला सदरमुकाम खलंगा र कालीकोट सदरमुकाम मान्मबाट उद्धार टोली घटनास्थल पुगेको कालीकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए ।

कालीकोट र जुम्लाको सिमानामा पर्ने नाग्म तिलागुफा नगरपालिका जुम्लाको हिमा र तिला गाउँपालिकाको व्यापारिक केन्द्र हो । स्थानीय प्रशासनले भदौ २० सम्म निषेधाज्ञा जारी गरेकाले बिहान पहिरो जाने बेला सबै घरभित्रै भएको हुन सक्ने स्थानीय अगुवा धनीराम न्यौपानेले बताए ।

पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । नाग्म बजार कर्णाली राजमार्गमा अन्तर्गत रहेको बजार हो । जहाँ माथि भीर र तल कर्णाली नदी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...