भारी वर्षाका कारण ओडिशामा बाढी, कम्तीमा १७ जनाको मृत्यु

Flood odisha

भारत । भारतको ओडिशामा बाढीका कारण अहिलेसम्म १७ जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । छत्तीसगढ, झारखण्ड र ओडिशामा भएको भारी वर्षाका कारण ओडिशाका धेरै क्षेत्रमा बाढी आएको छ । महानदीसहितका अरु नदीमा आएको बाढीका कारण राज्यका २० जिल्ला प्रभावित भएका छन् ।

धेरै क्षेत्र डुबानमा परेका छन् । कटक, जाजपुर, केन्द्रपडा, खोर्धा, पुरी र भद्रक जिल्लामा जनजीवन गम्भीर रुपमा प्रभावित भएको छ । बाढीले बालीमा पनि असर गरेको छ । बाढीका कारण लाखौँ मानिस प्रभावित भएका छन् ।

उनीहरुले खाना तथा पिउने पानी पाएका छैनन् । धेरै मानिसहरुले घरको छत र छानोमा बसेर ज्यान जोगाएका छन् । यस्तै नदीको बाँध तथा राहत शिविरमा बाढी प्रभावितहरु बसिरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...