दार्चुलाका ५ जनामा स्क्रब टाइफसको संक्रमण

Sekarfu

दाचुृला । हिमाली जिल्ला दार्चुलामा ५ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् । जिल्ला अस्पताल दार्चुलामा भाद्र १२ र १४ गते गरिएको परीक्षणमा ३ जना महिला तथा २ जना पुरुषमा स्क्रब टाइफस भेटिएको अस्पतालका सूचना अधिकारी तथा सिनियर अहेब डम्बरदत्त भट्टले जानकारी दिनुभयो ।

स्क्रब टाइफस रोगसँग मिल्दोजुल्दो लक्षण लिएर अस्पताल आएका उनीहरुको आरडीटी परीक्षण गर्दा संक्रमण देखापरेको उहाँले बताउनुभयो । जिल्लाको महाकाली नगरपालिकाका एक पुरुष, मालिकार्जुन गाउँपालिकाका दुई जना महिला र एक पुरुष तथा व्याँस गाउँपालिकाका एक जनामा पुरुषमा स्क्रब टाइफसको संक्रमण देखापरेको उहाँको भनाइ छ ।

उनीहरुमध्ये एक जनालाई धनगढी रेफर गरिएको छ, भने एक जनालाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ । बाँकी तीन जनामा रोगका सामान्य लक्षण भएका कारण उनीहरुलाई घर छोडिएको छ । परजीवी जातको भुसुना (किर्ना)ले टोकेमा स्क्रब टाइफस रोग लाग्ने उहाँले बताउनुभयो । 

स्क्रब टाइफसको संक्रमण भएमा किर्नाले टोकेको वरिपरि शरीरमा रातो बिमिरा देखापर्ने, अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, मांसपेशी दुख्ने, पाचन प्रक्रियामा गडबढी हुनेलगायतका लक्षण देखापर्ने उहाँको भनाइ छ ।

रोगको संक्रमण रोक्न किटाणु सार्ने माइटको सम्पर्कबाट टाढा रहनु नै प्रमुख रोकथाम भएको उहाँले बताउनुभयो । किर्नाको टोकाइबाट बच्न घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, लामो बुट लगाउने, हातमा पन्जा लगाउने र त्यहाँ बस्नुपर्दा केही ओछ्याएर मात्रै बस्नुपर्ने सूचना अधिकारी भट्टले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...