विप्लवका नेता उमा भुजेललाई पक्राउ गर्न राजविराजमा व्यापक सुरक्षाकर्मी परिचालन

Uma bhujel nishannews

राजविराज । पुनः पक्राउका लागि अदालत अगाडि बसेको प्रहरीलाई झुक्याएर नेत्रविक्रम चन्द ‘विप्लव’ समूहकी नेतृ उमा भुजेल ‘शिलु’ र नेता सुमनसिंह पौडेल बेपत्ता भएपछि प्रहरीको टाउको दुखाईको विषय बनेको छ ।

अदालतबाटै सबैको आँखा छल्दै बेपत्ता भएपछि उनीहरुलाई खोज्न व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । उनीहरु राजविराजमै कतै लुकेको हुन सक्ने आशंकामा गरिएपछि अहिले ठूलो सङ्ख्यामा प्रहरी परिचालित गरिएको छ ।

सप्तरी जिल्ला अदालत अगाडि पक्राउ गर्न दुई इन्स्पेक्टरको नेतृत्वमा बसेको दुई दर्जन बढी प्रहरीको आँखा छल्दै उनीहरु उम्किन सफल भएपछि प्रहरी छक्क मात्रै परेको छैन, विप्लव नेता उम्किएपछि प्रहरीलाई तनाव भएको छ ।

उनीहरु फरार भएपछि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयमा तनाव भएको छ । विप्लव नेता उम्किसकेपछि चाल पाएका प्रहरीले अदालतभित्र लुकेको हुन सक्ने भन्दै कोठा-कोठा चहार्दै खोजेका थिए । स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप भन्दै कानुन व्यवसायीले विरोध जनाएका छन् ।

अदालत परिसर अगाडिको मूल ढोकामा पुनः पक्राउ गर्न प्रहरी र फोटो खिच्न पत्रकार बसेका थिए । उनीहरु अदालतबाट बार एशोसिएसनको पछाडिको ढोका हुँदै बेपत्ता भएको अदालतका एक कर्मचारीले जानकारी दिए ।

जिल्ला अदालत सुनसरीले भदौ २ गते पुर्पक्षका लागि साधारण तारखेमा रिहा गरेलगत्तै अदालत परिसरबाट बाहिर निक्लदा पक्राउ परेका उनीहरुविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले अभद्र व्यवहारको आरोप लगाउँदै भदौ ४ गते मुद्दा चलाएको थियो ।

सुनसरीमा पक्राउ परेलगत्तै दुवै जनालाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएर सप्तरी प्रहरीलाई बुझाएको पौडेलको परिवारका सदस्यले जानकारी दिएका छन् । आठ महिनाको अवधिमा भुजेल १२औं पटक पक्राउ परिसकेकी छन् । सरकारले नेकपामाथि ०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...