हवाई उडान र लामो दुरीका यातायात भदौ मसान्तसम्म नखुल्ने

भदौ ३० गतेसम्म सीमा नाका क्षेत्र सिल नै राख्ने निर्णय

Hwai sewa

काठमाडौं । सरकारले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने भएको छ ।

यसअघि अन्तरजिल्ला यातायात तथा हजाई उडान भदौ १ गतेबाट खुला गर्ने निर्णय भएको थियो । तर कोरोना संक्रमण बढेसँगै भदौ १५ सम्म स्थगित भयो । चैतबाट बन्द रहेको अन्तर्राष्ट्रिय उडान अब आगामी भदौ ३० गतेपछि मात्रै खुल्ने छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कोरोनाको संक्रमण जारी रहेकाले अन्तर्राष्ट्रिय उडान नखोल्ने निर्णय गरेसँगै भदौ मसान्तसम्म हवाई उडान र लामो दुरीका यातयात सञ्चालनमा आउने छैनन् ।

अन्तर्राष्ट्रिय उडान नखुल्दा विदेशबाट आउने नेपाली र विदेश जानेहरुमा समस्या छ । समस्या भए पनि कोरोनाको महामारी भएकाले तत्काल अन्तर्राष्ट्रिय उडान नखोल्ने निर्णयमा सरकार पुगेको हो ।

दुई दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले अन्तरजिल्ला यातायात र अन्तरिक हवाई उडान भने भदौ मसान्तसम्म नखोल्ने निर्णय भएको छ । बैठकले अन्तर्राष्ट्रिय हवाई सेवा बन्द भए पनि वैदेशिक रोजगारीका लागि कुनै पनि देशमा कामदारहरूलाई खुला गरेमा त्यही देशका लागि श्रम इजाजत खोल्ने निर्णय पनि गरेको छ । 

त्यसैगरी, सरकारले भदौ ३० गतेसम्म सीमा नाका क्षेत्र सिल नै राख्ने निर्णय गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...