बेलायतबाट नेपाली वेलफेयर सोसाइटीको संयोजनमा कोरोना र बाढी प्रभावित ७ सय ३७ परिवारलाई राहत वितरण

Uk help news

काठमाडौं । बेलायत स्थित नेपाली हरुको परोपकारी संस्था नेपाली वेलफेयर सोसाइटी यूकेले ‘बाँचौ र बचाऔँ अभियान’ अन्तर्गत कोभिड –१९ का कारण भएको बन्दाबन्दी र बाढी पहिरोको कहरमा परेका ७ सय ३७ परिवारलाई राहत वितरण गरेको छ ।

कोरोनाका कारण बन्दाबन्दी सुरु भए यताका पाँच महिनाको अवधिमा बेलायतस्थित नेपाली वेल्फेयर सोसाइटीको संयोजनमा एकल र सहकार्यमा गरी कोरोना महामारीको चपेटामा जीवनयापनकै लागि समस्या झेलिरहेका तथा बाढीपहिरो पीडितहरुसमेत गरी ७ सय ३७ परिवारलाई खाद्यान्न लगायतका सामाग्रीहरु वितरण गरिएको हो ।

‘बाचौं र बचाऔं’ अभियानका अभियन्ता तथा राहत वितरणको संयोजन गर्ने नेपाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष एबं एनआरएन युके कार्यसमिति सदस्य धनबहादुर सार्कीले कोरोना भाइरसको महामारीको सामना गरिरहेका र पहिरो पीडितसमेतलाई दुःख पर्दा स्वदेशमा रहेका विपन्न परिवारलाई सहयोग गर्नुपर्छ भन्ने निःस्वार्थ भावनाले वैशाख महिनाबाट सुरु गरिएको अभियान उदयपुरको भुल्केबाट हुँदै ७ प्रदेशका १७ जिल्लामा २० लाख रुपैयाँ बराबरको राहत सामाग्री वितरण गरिएको सोसाइटीका अध्यक्ष सार्कीले बताए ।

कोरोना र लकडाउनबाट प्रभावित उदयपुरको भुल्केका २० घर, चितवनको भरतपुरका २० घर, स्याङ्जाको पुतलीबजारका ४० घर, नेपालगञ्जका २० घर, सप्तरीको कञ्चनरुपका ३२ घर, कैलालीको धनगढीका ३० घर, दाङको घोराहीका ५० घर, जाजरकोटको भेरी नगरपालिकाका ६० घर, रुकुमको सानीभेरीका ४० घर र खोटाङको खोटेहाङका २० घर परिवारलाई सहयोग गरेको अध्यक्ष सार्कीले जानकारी दिए।

लमजुङको बेशीशहरका ६० घर, बाग्लुङको गल्कोटका ५० घर, मोरङको सुन्दरहरैँचाका ४० घर, म्याग्दीको मालिका र धौलागिरीका एक सय ४५ घर, तनहुँको घिरिङका ६० घर र सिन्धुपाल्चोकको भोटेकोशीका ५० घरलाई समेत खाद्यान्न सामाग्री वितरण भएको छ ।

सोसाइटीका नेपालस्थित प्रतिनिधि डा. बुद्धि नेपालीका अनुसार प्रति परिवार तीन हजार पाँच सय रुपैयाँ बराबरको प्याकेजमा ३० केजी चामल, ५ केजी दाल, दुई लिटर तेल, दुई केजी नुन र साबुन बितरण गरिएको छ ।

जुम कन्फ्रेन्स फेसबुक लाइभमार्फत सञ्चालन गरिने कार्यक्रमको कुशल कार्यक्रम प्रस्तोता तथा एनआरएन युकेका सचिव एबं रोयल बरो अफ ग्रीनह्वीच नेप्लीज सोसाइटी युकेका उपाध्यक्ष जीत रानाभाटले सञ्चालन गर्दै आइरहेका छन् ।

राहत वितरणको संयोजन गर्ने नेपाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष सार्कीका अनुसार राहतका लागि सहकार्य गर्ने संस्थाहरुमा बेलायतस्थित रोयल बोरो अफ ग्रीनह्वीच नेपाली सोसाईटी युके, रोजिहिरा फाउन्डेसन युके, सयपत्री नेपाली सेवा समाज युके, हाम्रो नेपाली समाज वेस्टमिडल्याण्ड युके रहेको छन् ।

नेपाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष धनबहादुर सार्कीले कोभिड –१९ को महामारी एवं पहिरोको जोखिमबाट बिस्थापितहरुलाई राहत उपलब्ध गराई दुःखी पीडित नेपालीहरुको आत्मीय साथी बन्न सफल भएको बताए । विपद्का बेला गाँस कटाएर दिएको सहयोगले पीडामा परेका नेपाली दाजुभाई तथा दिदी बहिनीलाई राहत मिल्ने बताउँदै अभियानमा साथ दिन अनुरोध गरेका छन् ।

भर्चुअल संवादमार्फत नेपालका दुर्गम गाउँ र बेलायतमा रहेका नेपालीहरुलाई जोडेर सार्वजनिक रुपमा स्थानीय जनप्रतिनिधि, सांसद र प्रशासन समेतको रोहबरमा राहत वितरण गरिएको उनले बताए ।

‘दुःख पर्दा सहयोग गर्ने नेपाली संस्कार हो, जन्मभूमिमा कसैले खानै नपाउने अवस्था सिर्जना भइरहँदा हेरिरहने हामीलाई पनि सुहाएन’, सोसाइटीका अध्यक्ष सार्की भन्छन्, ‘त्यसैले सोसाइटीमार्फत बेलायतमा रहेका संघसंस्था र व्यक्तिहरुलाई जोडेर सहयोग पठाएका हौँ ।’

उनले विपद्का बेला सरकारले मात्रै सबै नागरिकको संरक्षण गर्न नसक्ने भन्दै मानवीय नाताले सहयोग गर्ने भावनालाई कायम राख्न आग्रह समेत गरे । आपत परेको बेला बिदेशमा पसीना बगाएर भएपनी आपःनो जन्मभुमीलाई सहयोग गरेकोमा सबैले धन्यवाद ब्यत्त गरेका छन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...