केन्द्रिय कारागारभित्र फैलियो कोरोना संक्रमण, आज एकैदिन ३५ जनामा संक्रमण पुष्टि

गृहमन्त्री भन्छन्, कैदीबन्दीको उपचार र एकठाउँबाट अर्कोतिर लैजाँदा संक्रमण सल्कियो

Central jail ktm

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या दैनिक बढिरहेको छ । काठमाडौं उपत्यकासहित देशभर संक्रमितको संख्या बढको बढ्यै छ । आइतबार मात्रै देशभर १ हजार २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भयो ।

पछिल्लो २४ घण्टामा नयाँ थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाभित्रका मात्रै ४ सय २९ जना छन् । त्यसमा पनि काठमाडौंमा ३ सय ७२ जना, भक्तपुरमा ४५ जना र ललितपुरमा १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो भनेको अत्याधिक धेरै हो । यसले कोरोना संक्रमणले समुदायलाई निक्कै सताइरहेको छ भन्ने देखाउँछ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आइतबार भएको भर्चुअल राज्य व्यवस्था समितिको बैठकमा कारागारमा संक्रमण बढ्दै गएको बताएका छन् । गृहमन्त्री बादलले सो बताएकै दिन कारागारभित्र ३५ जनामा संक्रमण देखियो । कैदीबन्दीको उपचार र एकठाउँबाट अर्कोतिर लैजाँदा संक्रमण सल्किएको उनको भनाइ थियो ।

कारागार व्यवस्थापन विभागका एक अधिकारीले पनि कारागारमा उपचार सम्भव नहुने रोगको उपचारका लागि गंगालाल, ट्रमा, त्रिवि शिक्षण अस्पताल लगायतमा लैजाने गरेको उल्लेख गर्दै त्यहीँबाट संक्रमण फैलएको हुनसक्ने बताएका थिए ।

आइतबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका मध्ये केन्द्रीय कारागार, सुन्धाराका ३५ जना कैदीबन्दी छन् । कैदीबन्दी भनेको सधैं आइसोलेसनमा बसेजत्तिकै हुन्छन् । अहिलेसम्म केन्द्रीय कारागारमा कोरोना संक्रमित कैदीबन्दीको संख्या ५० पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

कारागारको तीन वटै ब्लकमा रहेको कैदीबन्दीमा संक्रमण देखिएपछि जोखिम थप बढेको छ । यसअघिका संक्रमितलाई कीर्तिपुरको आइसोलेसेन सेन्टरमा पठाइएको थियो ।

केन्द्रिय कारागारभित्र रहेको अस्पतालमा उपचाररत एक जनालाई कोरोना देखिएपछि १७५ जना कैदीबन्दीको स्वाब लिएर परीक्षणका लागि पठाइएको थियो । जसमध्ये ३५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

मृतकको संख्या पनि बढ्यो
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्याकासहित देशका विभिन्न ठाउँमा १४ जनाको कोरोना भाइरसका कारण मृत्यु छ ।

योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २२१ जना पुगेको छ । पछिल्लो अध्यावधिक विवरणअनुसार नेपालमा कोरोनाबाट ४ महिला र १० पुरुष मृत्यु भएको छ । मृतक महिलामा सुनसरी, बारा, महोत्तरी र काठमाडौंका १–१ जना रहेका छन् ।

मृतक पुरुषमा महोत्तरी र रुपन्देहीका २–२ तथा सुनसरी, मोरङ, रौतहटका, ललितपुर, भक्तपुर र नवलपरासीका १–१ जना गरी १० जना रहेका छन् । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २२१ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

पछिल्लो २४ घण्टामा देशभर ३ सय ४८ महिला र ८ सय ७३ पुरुष गरी जम्मा १ हजार २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३८हजार ५ सय ६१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २सय ६७ निको भएसँगै कुल निको हुनेको संख्या २० हजार ८ सय २२ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...