कोरोनाबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

Coronavirus death body

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या दैनिक बढिरहेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्याकासहित देशका विभिन्न ठाउँमा १४ जनाको कोरोना भाइरसका कारण मृत्यु छ ।

योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २२१ जना पुगेको छ । पछिल्लो अध्यावधिक विवरणअनुसार नेपालमा कोरोनाबाट ४ महिला र १० पुरुष मृत्यु भएको छ । मृतक महिलामा सुनसरी, बारा, महोत्तरी र काठमाडौंका १–१ जना रहेका छन् ।

मृतक पुरुषमा महोत्तरी र रुपन्देहीका २–२ तथा सुनसरी, मोरङ, रौतहटका, ललितपुर, भक्तपुर र नवलपरासीका १–१ जना गरी १० जना रहेका छन् । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २२१ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

पछिल्लो २४ घण्टामा देशभर ३ सय ४८ महिला र ८ सय ७३ पुरुष गरी जम्मा १ हजार २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३८हजार ५ सय ६१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २सय ६७ निको भएसँगै कुल निको हुनेको संख्या २० हजार ८ सय २२ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...