पछिल्लो २४ घण्टामा देखियो अहिलेसम्मकै बढी संक्रमित, १२२१ जनामा संक्रमण पुष्टि

Corona lakxan

काठमाडौं । नेपालमा कोरोना संक्रमितको अहिलेसम्मकै सबैभन्दा बढी यो पछिल्लो २४ घण्टामा देखिएको छ । योसँगै नेपालमा संक्रमितको संख्या संख्या ३८ हजार नाघेको छ ।

पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा अहिलेसम्मकै धेरै १ हजार २ सय २१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १२ हजार ७ सय १७ जनामा कोरोना परीक्षण गरिदाँ विभिन्न जिल्लामा थपिएका १ हजार २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ३ सय ४८ महिला र ८ सय ७३ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसहित देशभर ३८ हजार ५ सय ६१ पुगेको छ ।

संक्रमितमध्ये २० हजार ८ सय २२ जना निको भएर घर फर्किएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय २१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४२९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौँमा ३७२, भक्तपुरमा ४५ र ललितपुरमा १२ जना कोरोना संक्रमण पुष्टि भएको हो ।

 

प्रतिकृया दिनुहोस