प्रेम सम्बन्ध रहेकी युवतीको गर्भपतन गराउँदा ३ जना प्रहरीको फन्दामा

05779a5088b0640015ac5c934432954e l

काठमाडौँ । गर्भपतनको औषधि बिक्री गर्ने स्वास्थ्यकर्मीसहित तीन जनलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाकी २० वर्षीया युवतीलाई गर्भपतन गराउन एक युवकले स्थानीय क्लिनिकबाट औषधि खरिद गरेर दिएका थिए । प्रहरीका अनुसार युवतीले करिब ६ महिनाको गर्भ तुहाउने औषधि खाएकी थिइन् ।

औषधि खाएर घरमा सुतेकी युवतीको अत्यधिक पेट दुखेपछि परिवारले उपचारका लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा पुर्याएका थिए। शौच गर्न पुगेकी युवतीले त्यहीं पुरुष लिंग खुलेको मृत शिशुको जन्म दिएकी थिइन् ।

त्यसपछि चिकित्सकले प्रहरीलाई खबर गरेका थिए। सोही क्रममा उनीसहित तीन जनलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए ।

छिमेकी एक युवकसँग प्रेम सम्बन्ध रहेका कारण युवतीले गर्भ बोकेको प्रहरीले जनाएको छ । युवक स्थानीय एक स्कुलको कक्षा १० मा अध्ययरत हुन् । सबैको नाम प्रहरीले गोप्य राखेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज बिहिबारको राशीफल

Pathibhara 2014

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस ...