धनकुटामा सुरु भयो कोरोनाको उपचारका लागि आइसोलेसन सेन्टर

Dkt isoletoin

धनकुटा । धनकुटामा स्थापना गरिएको आइसोलेसन सेन्टरमा कोरोना विरामीहरुको उपचार शुरु गरिएको छ । आजदेखि सञ्चालनमा आएको आइसोलेसन सेन्टरमा १९ जनालाई राखिएको छ ।

पूर्वी पहाडी जिल्लाहरुमा पहिलो पटक धनकुटाको निर्माणधिन औद्योगिक ग्राममा स्थापना गरिएको आइसोलेशन सेन्टरमा धनकुटाका १३ जना, नेपाल टेलिकममा ४ जना र २ जना धनकुटाका स्थानीय गरी १९ जना सक्रमितहरुलाई भर्ना गरी आजदेखि कोरोनाका विरामीहरुको उपचार गर्न शुरु गरिएको हो ।

आइतबार बिहानबाट सञ्चालनमा आएको सो सेन्टरमा धनकुटा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी र धनकुटा नगरपालिका स्वास्थ्यकर्मीहरुको टोलीको निगरानीमा उपचार शुरु भएको धनकुटा अस्पतालका प्रमुख डा. पुजन विश्वकर्माले बताए ।

कोभिड १९ धनकुटा जिल्ला स्तरीय सिएमसिको बैठकले धनकुटा नगरपालिका वडा नं. ६ मा रहेको औद्योगिक ग्राममा २० वटा आईसोलेसन वार्ड स्थापना गरी संचालन गर्ने निर्णय भएबमोजिम २० वटा आईसलेसन वार्ड स्थापना गरि संचालन गरिएको हो । धनकुटा अस्पतालमा आईसियू र भेन्टिलेटर सहितको १० वार्ड स्थापना गर्ने र पिसिआर मेसिन खरिद गर्ने प्रक्रिया अघि बढाइने डा. विश्वकर्माले बताए ।

दिन प्रतिदिन कोरोना भाईरसको विरामीको संख्या धनकुटामा पनि बढ्दै गएकाले धनकुटा औद्योगिक ग्राममा स्थापना गरिएको सेन्टरमा १ सय बेडसम्म स्थापना गर्नुपर्ने अवस्था आएको धनकुटा उद्योग बाणिज्य संघका अध्यष विजय सन्तोषी राई बताउँछन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...