उपप्रधानमन्त्री बन्ने लाइनमा भीम रावल, पाउलान् त ओलीको साथ ?

Bhim bahadur rawal

काठमाडों । आफुले सरकारको नेतृत्व सम्हालेपछि निक्कै जोस र जागरका साथ काम थालेका प्रधानमन्त्री केपी शर्मा ओली केही समययता आफ्ना केही मन्त्रीहरुका कामप्रति असन्तुष्ट छन् ।

अधिकांस मन्त्रीहरुले सोचेअनुरुप काम गर्न नसकेपछि उनी लामो समयदेखि मन्त्री फेरबदलको चक्करमा लागेका छन् । यद्यपि गुट नमिल्दा फेर्न चाहेका मन्त्रीहरु बदल्न ओलीलाई गाह्रो भइरहेको छ ।

सरकारको कामकाज गतिशील बन्न नसकेपछि केही दिनअघि मात्र नेकपामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग लामो छलफल गरेपछि अन्ततः केही दिनभित्रै केही मन्त्रीहरु बदल्ने निश्चित भएको छ ।

नयाँ मन्त्रिपरिषद्मा पर्ने अरु मन्त्रीको नाम फाइनल हुन बाँकी रहे पनि नेकपामा प्रभावशाली नेता भीमबहादुर रावललाई उपप्रधानमन्त्री बनाउने तयारी गरेका छन् । सुदूरपश्चिमबाट धेरैपल्ट मन्त्री भएका नेता रावललाई शक्तिशाली मन्त्रालयसहित उपप्रधानमन्त्री बनाउने मनस्थितीमा प्रधानमन्त्री ओली पुगेका छन् ।

प्रधानमन्त्री स्वास्थ्योपचारको लागि लामो समय नेपालबाहिर बस्नुपर्ने भएकाले कार्यवाहक प्रधानमन्त्री बनाउन ओली तयार बनेको स्रोतको दावी छ । रावललाई उपप्रधानमन्त्री बनाउने लाइनमा छन् माधवकुमार नेपाल ।

उनी यसअघिकै मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री भइसकेकाले अरु उपप्रधानमन्त्रीभन्दा माथिल्लो बरियतामा हुने भएकाले उनलाई कावा प्रम बनाउँदा खासै बिवाद नहुने प्रम ओलीको आंकलन छ ।

अहिलेका उपप्रधानमन्त्री रहेका ईश्वर पोखरेलभन्दा राष्ट्रवादी छवि बनाएका र कमाण्ड गर्न सक्ने क्षमता भएकाले पनि रावल ओलीको नजरमा सधैं पर्ने गर्छन् । आफूलाई राष्ट्रवादी नेता बताउने रावलले यो सरकार गठन भएसँगै सरकारको तिखो आलोचना गर्दै आएका थिए ।

पार्टीभित्रै प्रतिपक्षजस्तो भूमिकामा प्रस्तुत भएका उनीप्रति सुरुका दिनमा ओली सकारात्मक नभएपनि उनको विरोध र अडानसामु प्रम नतमस्तक बनेका छन् । प्रधानमन्त्री ओली पनि यतिबेला राष्ट्रवादी नेता र मन्त्रीको खोजीमा छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज बिहिबारको राशीफल

Pathibhara 2014

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस ...