आलमलाई कारागारमै कडा सुरक्षा, सबै सम्बाद रेकर्ड हुने

Alam 18

काठमाडौं । रौतहटबाट शनिवार राति अबेर ललितपुरस्थित नख्खु कारागारमा ल्याइएको पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई कडा सुरक्षा घेरामा राखिएको छ । यतिसम्मकी उनले बोलेका सबै कुरासमेत रेकर्ड हुने बनाइएको छ ।

आलमसँंग आफन्त परिवारको सदस्य र उहाँकै वकिल वाहेक अन्यसँंग भेटघाटमा समेत रोक लगाइएको छ । आलमले जेलभित्र गर्ने गतिविधि सिसि क्यामेरामा कैद रहने छ भने सम्बादहरू रेकर्डबाट सुन्न सकिने व्यवस्था गरिएको छ ।

शुक्रबार मात्रै पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि जिल्ला अदालत रौतहटका सरकारी वकील र न्यायधिसले असुरक्षाका कारण जिल्ला छाडिसकेका छन् । सुरक्षाको दृष्टिकोणले भन्दै प्रहरीले आलमलाई रौतहट जिल्ला कारागारमा नलिई थुनाका लागि शुक्रबार राती नै नख्खु ल्याइएको छ ।

करीव १२ वर्षअघि संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवार आलमले चुनाव जित्नका लागि बम बिष्फोट गराइ घाइते समर्थकहरूलाई उपचार गर्नुका सट्टा जिउँदै जलाएको आरोपमा जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

सो आदेशपछि आलमलाई जिल्लाकै कारागारमा थुनामा राख्दा असुरक्षा हुने भएकाले नख्खु पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीले बताए ।

नेपाल– भारत सीमाको १२ किलो मिटर नजिक रहेको राजपुर नगरपालिका वडा नम्वर–४ निवासी आलमको पक्राउसँंगै रौतहट सीमा नाकामा अराजकता तथा अपराधिक गतिविधि बढेको प्रहरीले जनाएको छ ।

नख्खु कारागार प्रमुख सुरेन्द्र पौडेलले आलमले जेलभित्र गर्ने गतिविधि सिसि क्यामेरामा कैद रहने र सम्बादहरू रेकर्डबाट सुन्न सकिने व्यवस्था गरिएको बताए ।

‘आलमले आफन्त तथा कारागारभित्र अन्य कैदीवन्दीसँंग गर्ने संवाद र कुराकानीको समेत रेकर्ड बस्ने गरी सुरक्षाव्यवस्था मिलाइएको छ’ उनले भने, ‘आफन्त परिवारका सदस्य र निजी वकिल वाहेक कसैसँंग भेटघाट गर्न दिइएको छैन ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकै परिवारका ५ जनाको मृत्यु भएपछि आज सार्वजनिक विदा

Sarbajanik bida

काठमाडौं । त्रियुगा नगरपालिका वडा नम्बर १० वडा कार्यालयले एकै परिवारका ६ जनाको निधन भए पछि वडा का...