इलामको सन्दकपुरमा अतिक्रमित भुमीमा अनेरास्ववियूले गाड्यो नेपाली झण्डा

Simama nepalko jhanda

इलाम । भारतले एकतर्फी रुपमा नेपालका विभिन्न भागमा सीमा अतिक्रमण गरिरहेका बेला इलामको सन्दकपुर गाउँपालिका वडा नं। ४ मा भारतले अतिक्रमण गरेको भूमिमा नेपालको राष्ट्रिय झन्डा फहराइएको छ ।

शनिबार अनेरास्ववियू इलाम जिल्ला कमिटीले इलामको सन्दकपुर गाउँपालिका वडा नं. ४ मा रहेको भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग प्रतिकार गरी नेपालको राष्ट्रिय झन्डा फहराएको हो ।

भारतले कब्जा गरेको जमिनमा नेपालीको राष्ट्रिय झन्डा फहराउन खोज्दा भारतीय सीमा सुरक्षा बलले रोक्ने प्रयास गरेको थियो । एसएसबीले रोक्ने प्रयास गरेपछि अनेरास्ववियूका नेता कार्यकर्ता र एसएसबीबीच सामान्य झडप समेत भएको थियो ।

केही समय अगाडि गाउँपालिकाले निर्माण सुरू गरेको भ्यू टावरको निर्माण अवरूद्ध गरी भारतले कब्जा गरेको थियो । अनेरास्ववियूका नेता रबिन्द्र सुवेदीको नेतृत्वमा गएको टोलीले भारतद्वारा निषेधित क्षेत्र भनिएर लेखिएको बोर्डसमेत भत्काएर फालिदिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज बिहिबारको राशीफल

Pathibhara 2014

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस ...