प्रधानमन्त्री ओलीको तेस्रोपटक डायलसिस, स्वास्थ्य अवस्था सामान्य

Kp oli 30

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रो पटक डायलसिस गरिएको छ । मिर्गौलाले एकाएक काम गर्न छाडेपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना भई कात्तिक १२ र १३ गते डायलसिस गराएका थिए ।

डायलासिसबाट रगतमा जम्मा भएको फोहोर तत्व, अनावश्यक नुन, पानी हटाउने गरिन्छ । खासगरी मिर्गौलाको कार्यक्षमता १५ प्रतिशतबाट तल झरेमा डायलासिसको आवश्यकता पर्छ ।

ओलीको १२ वर्ष अघि भारतस्थित नयाँ दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । गत भदौमा प्रधानमन्त्री ओलीले मिर्गौला सम्बन्धी एन्टीबडी हटाउन प्लाज्मा फेरेसिस पद्धतिबाट उपचार गरेका थिए ।

प्रधानमन्त्री ओली १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । २७ साउन स्वदेश फर्किएका उनी ५ भदौमा फेरि सिंगापुर पुगे र नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत उपचार गरियो ।

२० भदौमा स्वदेश फर्किएका उनी पाँच दिनपछि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर प्लाज्माफेरेसिस गर्दा मुटुमा राखिएको क्याथेटर निकालिएको थियो ।

उनले ग्रान्डी अस्पतालमा तेस्रो पटक होमोडायलसिस गराएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्रीका निजी चिकित्सक एव‌ं नेफ्रोलोजी तथा ट्रान्सप्लान्ट मेडिसिन विभागकी अध्यक्ष डा. दिव्या सिंह शाह, अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका अध्यक्ष डा. प्रेमराज ज्ञवालीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले नियमित स्वास्थ्य परीक्षण तथा उपचारका गराएको समेत उल्लेख छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उनी उपचार पश्चात आज ९शनिबार० नै निवास फर्कने अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकै परिवारका ५ जनाको मृत्यु भएपछि आज सार्वजनिक विदा

Sarbajanik bida

काठमाडौं । त्रियुगा नगरपालिका वडा नम्बर १० वडा कार्यालयले एकै परिवारका ६ जनाको निधन भए पछि वडा का...