परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्, प्रमाणका आधारमा नेपाली भुमी फिर्ता हुन्छ

Pradeep kumar gyawali1

पाल्पा । भारतले जारी गरेको राजनीतिक नक्सामा नेपालको भुभाग मिचेको विषयमा चौतर्फी आलोचना भइरहेका बेला परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले तथ्य र प्रमाणको आधारमा नेपाली भूमि फिर्ता हुने बताएका छन् ।

मन्त्री ज्ञवालीले सरकारले नक्साको विषयमा कुटनीतिक पहल सुरु गरिसकेकोसमेत बताए । उनले तथ्य प्रमाणको आधारमा मित्रराष्ट्र भारतसँग कुरा गर्ने पनि बताए ।

साहित्यकार निलकण्ठ न्यौपानेद्वारा लिखित ‘श्रम–साधना’ महाकाव्यको तानसेनमा शनिबार विमोचन कार्यक्रममा उनले विगतमा जनताले तिरेका तिरो, जनगणनाका साथै निर्वाचनमा भाग लिएका आधारमा मात्र मित्र राष्ट्रसँग कुरा गर्ने बताए । उनले यसमा कुनै पनि देशको जनताको चित्त दुखाएर मित्रता कायम नहुने भएकाले मित्र राष्ट्रले कुरा बुझ्नुपर्ने बताए ।

‘मित्रता र अधिकार सँगसँगै जान्छन् । नेपाली जनताको चित्त दुखाएर मित्रता कायम पनि हुँदैन । यो हाम्रा मित्रहरुले बुझ्न जरुरी छ’ उनले भने, ‘मित्रताको नाममा अधिकार छाड्ने कुरा पनि हुँदैन । नेपालले आफ्नो एकएक इन्च जमिनको रक्षा गर्नु हाम्रो दायीत्व हो ।’ उनले यो सरकारसँग नेपाली जनता ढुक्क हुन र विश्वस्त हनु आग्रह गरे ।

पूर्वखोला गाउँपालिका प्रकाशक रहेको र धवल पुस्तकालयले आयोजना गरेको कार्यक्रममा उनले मित्रताको सम्बन्ध चाहने र मित्रताको कोषबाट अगाडी बढ्ने बताए । उनले भने, ‘२०१५ सालमा चुनाव भयो । २०१८ मा गणना भयो । १९९७ सालमा बैतडीमा आएर तिरो तिरेका छन् । ती रसिदहरु हामीसँग छन् ।’

मन्त्री ज्ञवालीले प्रमाणको आधारमा मात्रै मित्रराष्ट्रसँग कुरा गर्ने बताए । दुई देश मिलेर दुई देशको जनताको हितमा काम गर्ने उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकै परिवारका ५ जनाको मृत्यु भएपछि आज सार्वजनिक विदा

Sarbajanik bida

काठमाडौं । त्रियुगा नगरपालिका वडा नम्बर १० वडा कार्यालयले एकै परिवारका ६ जनाको निधन भए पछि वडा का...