दलित युवाको हत्या प्रकरण : निषेधाज्ञाको अवज्ञा गर्दै गरुडामा वृहत प्रदर्शन

Rautahar pradarsan 13 1

रौतहट । हत्याको आरोपमा प्रहरी हिरासतमा रहेका रौतहटको गरुडा नगरपालिका–८ जिंगडियाका १९ वर्षीय विजय राम चमारको प्रहरी यातनाबाट मृत्यु भएको विरोधमा प्रदर्शन भएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै सो घटनाका दोशीलाई कारवाहीको माग गर्दै शनिबार गरुडामा प्रदर्शन भएको हो । गरुडाको श्रीराम सुगर मिल्स नजिकबाट सुरु भएको जुलुस ईलाका प्रहरी कार्यलय गरुडा अगाडी शान्तिपूर्ण रुपमा धर्नामा परिणत भएको थियो ।

मृतकका आफन्त र दलित अधिकारकर्मीहरुले विजय रामलाई चरम यातना दिई हत्यामा संलग्न डिएसपी ज्ञानकुमार महतो लगायत टिमलाई तुरुन्त निलम्ब गरी कार्यवाही गर्नुपर्ने, उच्च स्तरीय छानविन समिति गठन गर्नुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, निरन्जन रामको हत्याको मूल योजनाकार लखन साह र राजगिर साहलाई तुरुन्त पक्राउ गरी कार्यवाही गर्नु पर्ने, निरन्जन राम राम र बिजय रामलाई सहिद घोषणा गर्नुपर्ने र निदोर्ष व्यक्तिलाई तत्काल रिहा गर्नुपर्ने लगायतका माग राख्दै आएका छन् ।

शेख आजादको परिवारका एकजना महिलासँग अवैध सम्बन्ध रहेकै कारण आजादकै योजनाअनुसार छिमेकी साथीसँग मिलेर निरञ्जन रामको हत्या गरिएको प्रहरी दावी छ ।

निरञ्जन रामको हत्या आरोपमा इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका विजय राम चमारलाई प्रहरीको चरम यातनापछि उपचारको क्रममा ११ गते बिहीबार राति १ बजे वीरगञ्ज मेडिकल कलेजमा मृत्यु भएको थियो । मृतकको शव पोष्टमार्टम गरेर काठमाडौंस्थित टिचिङ अस्पतालमा राखिएको छ । उनका आफन्तले सो घटनामा संलग्नलाई कारवाही नगरेसम्म शब नबुझ्ने बताउँदै आएका छन् ।

गत साउन ३१ गते निरञ्जन रामको धारिलो हतियारले घाँटी रेटेर हत्या गरी गाउँछेउमा शव फालिएको थियो । प्रहरीले अनुसन्धानको क्रममा सोही ठाँउका २० वर्षीय अजयकुमार रञ्जन, १९ वर्षीय विवेक यादव, १९ वर्षीय अर्जुन राम, १९ वर्षीय सिकेन्द पासवान, १९ वर्षीय बिजयराम चमार तथा शेख आजाद र राजाराम शहा सहित ७ जनालाई पक्राउ गरेको थियो ।

संघर्षको घोषणा
विजय राम चमारलाई पक्राउ गरेलगत्तै उनका आफन्त र दलित अधिकारकर्मीले हत्यामा संलग्न नभएका व्यक्तिलाई पक्राउ गरिएको भन्दै रिहाईको माग गर्दै आन्दोलन गर्दै आएका थिए । बिहीबार विजयको मृत्यु भएपछि झन चरणबद्ध रुपमै आन्दोलन गरिरहेका छन् ।

यसैक्रममा जिल्लामा आन्दोलनरत दलित अधिकारकर्मीहरुले १७ गते बुधबारसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । उनीहरुले शान्तिपूर्ण जुलुस प्रदर्शनदेखि मसाल जुलुससम्मका कार्यक्रम घोषणा गरेका छन् ।

भदौ १३ गते वृहत्त प्रर्दशन तथा ईलाका प्रशरी कार्यालय घेराउ, १४ गते विजय राम हत्यामा संलग्न डिएसपी लगायतका टिमलाई किटानी जाहेरी दर्ता, १५ र १६ गते शान्तिपूर्ण जुलस प्रर्दशन तथा ईलाका प्रहरी कार्यालय गरुडा अगाडी धर्ना र १७ गते मसाल जुलुस प्रर्दशन गर्ने कार्यक्रम तय भएको संर्घष समितिको संयोजक सोनेलाल रामले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...