दुई दानबहादुरले ल्याए ‘शिल्पी पहिचान’

Shilpi book

काठमाडौं । नेपाली दलित आन्दोलनको समिक्षा गर्दै ‘शिल्पी पहिचान’ नामक पुस्तक बजारमा आएको छ ।

दानबहादुर बिक (कोली) र दानबहादुर नेपाली (डीबी) द्धारा लिखित पुस्तक ‘शिल्पी पहिचान’ को समाजवादी पार्टीका अध्यक्षद्धय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले शुक्रबार संयुक्त रुपमा विमोचन गरे ।

समाजवादी पार्टी शिल्पी विशेष प्रदेश समितिको प्रचार प्रसार तथा प्रकाशन बिभागले प्रकाशन गरेको सो पुस्तकमा लेखक द्धयले राजनीतिक र सामाजिक जीवन भोगाइका अनुभव, इतिहास, सत्यतथ्य माथि प्रभाव, प्रभुत्व र शक्तिशाली जातीय, वर्गिय पक्षधरहरुको अन्देखा र हेपाह प्रवृत्ति आदी विषय समाबेश गरेका छन् ।

पुस्तकमा शिल्पी/दलित समुदायको गौरवशाली ऐतिहासिक सन्दर्भ र पहिचानलाई संक्षिप्त रुपमा प्रकाश पार्ने कोशिस गरिएको छ । पुस्तकले शिल्पी पहिचान स्थापना,अस्तित्व रक्षा, यस क्षेत्रमा काम गर्ने सरोकारवाला सबैका लागि उपयोगी हुनेछ भन्ने लेखकद्धयले अपेक्षा गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज शुक्रबारको राशीफल

Pathivara mai

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन...