कोरोना संक्रमितको संख्या ३७ हजार नाघ्यो, थप ८८४ जनामा कोरोना पुष्टि

Corona update 1 780x406

काठमाडौँ । नेपालमा पछिल्लो २४  घण्टामा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३ सय ४० पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार ३१३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २० जार ५ सय ५५ पुगेको छ।

पछिल्लो २४ घण्टामा १० हजार ९ सय ७१ पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म ६ लाख ६९ हजार ६२६ पीसीआर परीक्षण भएको छ।

हाल सक्रिय संक्रमित १६ हजार ५ सय ७८   रहेको छ। क्वारेन्टाइनमा  ८ हजार ३५ जना रहेका छन्।

यस्तै काठमाडौँ उपत्यकामा थप १८६ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौँ १५५, भक्तपुर १२, ललितपुर १९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...