रौतहट गरुडा प्रकरण : गरुडाका प्रहरी नायब उपरिक्षक तानिए प्रदेश प्रहरी कार्यालय

Gyan kumar mahato

काठमाडौं । रौतहट गरुडा नगरपालिका–८ जिंगडियाका १९ वर्षीय विजय राम चमारलाई चरम यातनापछि मृत्यु भएपछि इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक प्रदेश प्रहरी कार्यालयमा तानिएका छन् ।

गरुडा नगरपालिका –८ जिगंडवाका २० वर्षीय निरन्जन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा प्रहरीले विजयलाई साउन ३२ गते पक्राउ गरेको थियो । तर, प्रहरी हिरासतमा रहेका रहेको उपचारका क्रममा वीरगञ्जमा मृत्यु भएको थियो ।

रौतहट गरुडा नगरपालिका–८ जिंगडियाका २० वर्षीय निरञ्जन राम चमारको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका १९ वर्षीय चमारको प्रहरीको कुटपिटपछि बिहीबार वीरगञ्ज मेडिकल कलेजको आईसियु कक्षमा मृत्युु भएका थिए ।

प्रहरी हिरासतमा चरम याचनाबाट मृत्यु भएका विजयको शब काठमाडौं ल्याएर शुक्रबार पोष्टमार्टम्स गरिएको छ । चिकित्सकको प्रारम्भिक रिपोर्टमा चमारको शरिरका भिन्नि भागमा चोटपटक देखिएको बताइसकेका छन् ।

चमारको प्रहरी हिरासतमा चरम यातनापछि मृत्यु भएपछि संयुक्त राजनीतिक दलित संघर्ष समिति, मुक्ति संगठन नेपाल लगायतका विभिन्न संघ संस्थाहरुले चमारलाई प्रहरी हिरासतमा चरम यातना दिने प्रहरी अधिकारीलाई कारवाहीको माग गर्दै आएका थिए । दिनहुँ रौतहटमा प्रदर्शन पनि भइरहेका छन् । गरुडाका डीएसपी ज्ञानकुमार महतोलाई निलम्बन गरेर घटनाको छानविन गर्नुपर्ने उनीहरुको माग थियो ।

चौतर्फी दवाव र आन्दोलन चर्किन थालेपछि डीएसपी महतोलाई प्रदेश प्रहरी कार्यालयमा तानिएको छ । महतोको ठाउँमा तत्कालका लागि जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी भरत श्रेष्ठलाई गरुडा पठाइएको छ ।

यता, घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले उपसचिवको संजोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको छ । समितिमा प्रदेश प्रहरी कार्यालयका उपरिक्षक र रौतहटका अनुसन्धान कार्यालयका उपरिक्षक सदस्य छन् ।

साउन ३२ गते कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर हिरासतमा रहेका रौतहटको गरुडा नगरपालिका वडा नं। ८ जिगंडवाका १९ वर्षीय विजय राम महराको उपचारको क्रममा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा मृत्यु भएको छ ।

रौतहटको गरुडा नगरपालिका वडा नं. ८ जिगंडवाका २० वर्षीय निरञ्जन रामको स्थानीय गैरदलित युवतीसँग अन्तरजातीय प्रेम सम्बन्ध रहेका कारण हत्या भएको थियो । हत्याको मुख्य अभियुक्तलाई उन्मुक्ति दिनेगरी सो घटनामा संलग्न नभएका युवाहरुलाई समेत पक्राउ गरी जवरजस्ती स्वीकार गराउन प्रहरी यातना दिँदा घाइते विजयको उपचारको क्रममा बिहीबार मृत्यु भएको थियो ।

प्रहरीको चरम यातनाबाट विजयको मिर्गौलामा असर परेको र यातनाकै कारण मृत्यु भएको प्रदेश नं। २ का दलित अगुवाहरुको निष्कर्ष छ । पीडितले करेन्ट लगाएर याताना दिएकोले उनको मृर्गौलामा असर पुगेको आरोप लगाएका छन् । प्रहरीको यातनाबाट घाइते विजयको नेशनल मेडिकल कलेजमा उपचार भइरहँदा प्रहरीले पीडितका परिवार र दलित अधिकारकर्मीलाई समेत भेट्न दिएको थिएन ।

साउन ३२ गते निरञ्जन रामको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले विजय राम चमारसहित १० जनालाई पक्राउ गरेको थियो । विकेश यादव, प्रशान्त यादव, किशोर मल्लिक, मनोज पासवानलाई सोही दिन परिवारको जिम्मा लगाएको थियो भने विजयसहित बाँकी ६ जनालाई अनुसन्धानका लागि हिरासतमा राखेको थियो ।

हिरासतमा रहेका बेला महरालाई प्रहरीले चरम यातना दिएका कारण मृत्यु भएको थियो । चमारलाई पक्राउ गरेर यातना दिएको सार्वजनिक भएपछि जिल्लाका दलित अधिकारकर्मीहरुले यातना दिने प्रहरीलाई कारवाहीको माग गर्दै भदौ ५ गतेदेखि निरन्तर आन्दोलन गर्दै आएका छन् । प्रहरीले भने चमार किड्नीको समस्या रहेकाले उपचार गर्न अस्पताल लगिएको र उपचारकै क्रममा मृत्यु भएको बताउँदै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...