पाटन अस्पतालमा उपचाररत दुई कोरोना संक्रमित महिलाको मृत्यु

Corona 4 1

काठमाडौँ । पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौँकी ५१ र भक्तपुरकी ६२ वर्षीया दुई महिला रहेका छन् ।

उनीहरु दुवैजनको आइसियूमा उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । मृत्य हुने काठमाडौंकी महिलाको शुक्रबार राति साढे ९ बजे र भक्तपुरकी महिलाको शनिबार बिहान ६ बजे मृत्यु भएको हो।

उच्च रक्तचापको समस्या भएकी काठमाडौंकी महिला गत साउन ३० गते अस्पताल भर्ना भएकी थिइन् । गत भदौं ८ गते भर्ना भएकी भक्तपुरकी महिलामा भने अरु कुनै समस्या नरहेको अस्पतालले बताएको छ ।

मृतकमध्ये काठमाडौंकी महिलाको भने हिजै शव व्यवस्थापन गरिएको र भक्तपुरकी महिलाको भने शव व्यवस्थापन गर्ने तयारी गरिएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...