नेकपा सचिवालयको बैठकमा आज जिम्मेवारी विहिन नेताहरुको व्यवस्थापनबारे छलफल हुने

Nekapa5271

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टी एकताका बाँकी काम, मन्त्रिपरिषद् हेरफेर, विभिन्न आयोगको पदपूर्ति, उपनिर्वाचन लगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेता माधव नेपाल लगायतसँग लगातार तीनदिनसम्म परामर्श गरेपछि बैठक बोलाइएको हो ।पछिल्लो समय प्रधानमन्त्री ओलीले जिम्मेवारी नपाएका

नेताहरूको व्यवस्थापन गर्न चाहेको बताइएको छ ।उहाँले सरकारका काममा उपप्रधान तथा रक्षामन्त्री पोखरेल र पार्टीका काममा अर्का अध्यक्ष दाहाललाई थप केही भूमिका दिने तयारी गरेको बताइएको छ । दाहाललाई कार्यकारी अध्यक्षका हैसियतमा पार्टीको नेतृत्व दिने प्रधानमन्त्री ओलीको तयारी रहेको बुझिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज बिहिबारको राशीफल

Pathibhara 2014

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस ...