अण्डमान निकोबारका दुर्लभ जनजातिसम्म पुग्यो कोरोना

Andaman nicobar fslekeeqrz

एजेन्सी । कोरोना महामारी भारतको अण्डमान निकोबार द्वीप समूहमा पनि फैलिएको छ । त्यहाँ ४१ जनाको ज्यान गएको छ भने दुर्लभ जनजाति समुदायका केही सदस्य संक्रमित भएका छन्। बीबीसीका अनुसार ग्रेट अण्डमानिज जनजातिका चार सदस्य संक्रमित भएका छन् । यी मध्ये दुई जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । 

अन्य दुई जनालाई एक केयर सेन्टरमा राखिएको छ । ग्रेट अण्डमानिज जनजाति समुदायमा अब जम्मा ५३ जना जीवित मानिसहरु छन् । अण्डमान निकोबार द्वीप समूहको पूर्वी हिस्सामा अहिलेसम्म २ हजार ९ सय ८५ जना संक्रमित भेटिएका छन् । यी मध्ये ४१ जनाको ज्यान गइसकेको छ।

यहाँ जुन महिनामा संक्रमणको पहिलो मामिला भेटिएको थियो। पर्यटकीय आकर्षणको केन्द्र रहेकाले अण्डामान निकोबारमा पर्यटकहरुबाटै कोरोना फैलिएको आशंका गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...