बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ ।

उनीहरूले मासिक ६ हजार रुपैयाँ मात्र पाउँदै आएकामा हालै सार्वजनिक राष्ट्रिय शिक्षा नीति, २०७६ मा प्रारम्भिक बालकक्षामा अध्यापन गर्ने शिक्षक र विद्यालय कर्मचारीलाई श्रम ऐनले तोकेबमोजिम न्यूनतम पारिश्रमिक उपलब्ध गराउने उल्लेख छ ।

श्रम ऐनमा न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० तोकिएको छ । तर, उनीहरूले मासिक ६ हजार रुपैयाँ पारिश्रमिकसँगै थप एक महिनाको चाडपर्व खर्च पाउँदै आएका छन् ।

प्रत्येक केन्द्रमा एक जना शिक्षक व्यवस्था गरिएको छ । उनीहरूले मासिक ६ हजार रुपैयाँ पारिश्रमिकसँगै थप एक महिनाको चाडपर्व खर्च पाउँदै आएका छन् । शिक्षा नीतिले प्रारम्भिक बालकक्षा पढाउने शिक्षकको योग्यता एसईई पास तोकेको छ ।

विद्यालय जाने उमेर पूरा नगरेका बालबालिकालाई विद्यालय पढाइ तथा सामाजिकीकरण अभ्यास गराउने अवधारणाअनुसार सरकारले बाल विकास केन्द्रको व्यवस्था गरेको हो । देशभरिमा ३० हजार ४ सय ४८ सामुदायिक बाल विकास केन्द्र छन्  ।

शिक्षा विकास तथा मानव स्रोत केन्द्र (साबिक शिक्षा विभाग) को तथ्यांकअनुसार सामुदायिक र निजी बाल विकास केन्द्रमा ९ लाख ५८ हजार १ सय २७ बालबालिका पढ्छन् ।

आर्थिक वर्ष २०५६र५७ मा सामुदायिक बाल विकास केन्द्रको औपचारिक सुरुवात भएको हो । बाल विकास शिक्षकको पारिश्रमिकमा वार्षिक २ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी खर्च हुँदै आएको छ । बालबालिका सिकाइ सामग्रीका निम्ति प्रतिविद्यार्थी पाँच सय रुपैयाँ खर्च हुने गरेको छ । त्यसमा बजेट ४७ करोड ९० लाख रुपैयाँभन्दा बढी हुने केन्द्रले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकै परिवारका ५ जनाको मृत्यु भएपछि आज सार्वजनिक विदा

Sarbajanik bida

काठमाडौं । त्रियुगा नगरपालिका वडा नम्बर १० वडा कार्यालयले एकै परिवारका ६ जनाको निधन भए पछि वडा का...