आजको मौसमः पश्चिमी क्षेत्रमा हिपमातसँगै वर्षाको सम्भावना

Morning kuhiro foggy khokana kathmandu lalitpur 10

काठमाडौँ । आज (शुक्रबार) बिहान देशका पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पश्चिमी भूभागमा दिउँसो पनि आंशिक देखि सामान्य बदली र मध्य पहाडी भूभागमा आंशिक बदली रहने मौसमविदले बताएका छन् । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने भए पनि पश्चिमी पहाडी भूभागको केही स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् । अहिले पाकिस्तान तथा आसपासका क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणाली रहेको छ ।

साथै भारतको राजस्थानमा अर्को निम्न चापीय प्रणाली विकशित भएको छ । यिनै मौसमी प्रणालिहरूको सामान्य असर नेपालको पश्चिमी भूभागमा परेको महाशाखाले उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकै परिवारका ५ जनाको मृत्यु भएपछि आज सार्वजनिक विदा

Sarbajanik bida

काठमाडौं । त्रियुगा नगरपालिका वडा नम्बर १० वडा कार्यालयले एकै परिवारका ६ जनाको निधन भए पछि वडा का...