नेपाल आइडल सिजन –३ को विजेता बनिन् मोरङकी सज्जा चौलागाई

निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजिटिभ देखिएसँगै सबैजना आइसोलेसनमा

Sajja chaulagai

काठमाडौं । नेपाल आइडल सिजन –३ को विजेता सज्जा चौलागाई बनेकी छन् । मोरङकी सज्जाले फाइनलमा किरण भुजेल र प्रविन बेडवाललाई पछि पार्दै उपाधि जितेकी हुन् ।

दर्शकको विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजिटिभ देखिएसँगै सबैजना आइसोलेसनमा जानुपरेका कारण विजेता घोषणा गरेका थिए ।

ग्रान्ड फिनालेको प्रस्तुति प्रशारणपछि यसबारे सूचना दिइएको थियो, ‘कोभिड १९ को असरबाट नेपाल आइडल पनि अछुतो रहन सकेन । ग्रान्ड फिनालेका सम्पूर्ण प्रस्तुतिहरु सकिएपछि नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजिटिभ देखिएपछि प्रस्तुति पछाडिका सम्पूर्ण कार्यक्रम स्थगित गर्दै नेपाल आइडलका प्रतिस्पर्धी तथा निर्णायक आइसोलेसनमा जानुपर्ने बाध्यता आइलाग्यो ।

कोरोना महामारीको चपेटामा परेको सिजन तीन नेपाल आइडलको इतिहासमा लामो सिजन पनि बनेको छ । वाइल्ड कार्डको प्रस्तुतिपछि लकडाउनका कारण आइडल रोकिएको थियो ।

यो श्रृङ्खलापछि शीर्ष पाँच घोषणा गर्ने तयारी थियो । लकडाउन घोषणा हुनासाथ प्रतिस्पर्धीहरुलाई आ–आफ्नो घर पठाइएको थियो । लकडाउन खुकुलिएपछि दर्शकबिना नै बाँकी कार्यक्रम आइडलले प्रशारण भएको थियो ।

नेपाल आइडल जित्ने पहिलो महिला पनि बनेकी छन् । मोरङ पथरीकी सज्जा नेपाल आइडलमा छनोट भएसँगै उनको रक पप र भर्सटायल गायकीको चर्चा हुन थालेको थियो । उनको प्रस्तुति र बोल्ड स्वरको हरेक कार्यक्रममा प्रशंसा हुने गर्छ ।

कक्षा ८ मा पढ्दा स्कुलमा भएको गायन प्रतियोगितामा उनले पहिलो स्थान प्राप्त गरिन् । बाबा मोरङमा र आमा साइप्रसमा भएकी सज्जा आफ्नो भाइसँगै हुर्किएकी हुन् ।

उनले टाइटलसँगै नगद ५० लाख रुपैयाँ प्राप्त गरिन् । सिजन तीनको फस्ट रनरअप किरण भुजेल बनेका छन् भने सेकेण्ड रनरअप प्रविन बनेका छन् । उनीहरुले क्रमशः १० लाख र ५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

पहिलो सिजनको विजेता बुद्ध लामा भएका थिए भने दोस्रो सिजनको विजेता रवि ओड बनेका थिए ।

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...