पाल्पामा ३० वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु

Corona death all use

पाल्पा । जिल्लाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचाररत ३० वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार निधन भएको छ । योसँगै पाल्पामा कोरोनाको कारणले मृत्यु हुनेको संख्या २ पुगेको छ ।

तानसेन नगरपालिका–८ मदनपोखरा पिपलडाँडाकी उनको गत भदौ ७ गते कोरोना पोजिटिभ देखिएको थियो । उनको उपचार क्रममा आज साँझ मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डा. ममता कोइरालाले बताइन् ।

उनी मुटुको बिरामी थिइन् । मुटुको उपचार गराउन आएकी ती महिलामा कोरोना भाइरसको लक्षण देखिएपछि स्वाब संकलन गरेर परीक्षण गरिएको थियो ।

आइसोलेसनमा राखेर उपचार गरिरहेकोमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । जिल्ला सिसिएमसीसँग समन्वयमा शनिबार ती महिलाको शव व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।

यसअघि जिल्लाको पूर्वखोला गाउँपालिकाका एक पुरुषको मृत्यु भएको थियो । पाल्पामा अहिलेसम्म कुल ५ सय ७३ जनालाई कोरोना पोजेटिभ देखिएको छ । जसमध्य ५ सय ६१ जना निको भएर घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस